स्मृति–पथ

Friday, February 7, 2014
0 comments

Read more »

उद्यमशीलता

Friday, December 20, 2013
1 comments

Read more »

यो अर्थहीन पहिचान

Saturday, November 16, 2013
0 comments
स्तूतिमा तिम्रै नाम जप गरी–गरी
मृतप्रायः जीवनमा तिम्रै याद छरी
तिम्रै विश्वासघातले जीवन उजाडिए पनि,
रोम–रोम नसा–नसामा छ तिम्रै नाम
गीत, संगीत, साहित्यमा पनि तिम्रै नाम

रात–दिन तिम्रै नाउँमा आँसु खसाएर,
न–मन्दिरको सिंहासनमा तिम्लाई बसाएर
सन्तको आगमनको आश गरी बस्दा,
हावा–हुरी आई सबै उडाई लगेपछि,
दुःखी जीवन जिएको छु अश्रु–धारा झार्दै
हरको हत्या गरी तिम्रो पूजा गर्दै

म्झनाले सताएर साह्रै पारे पनि,
माउने दिन सकिई आँसु झरे पनि,
हार यो जिन्दगीको तिम्ले हरे पनि,
त्रासमय जीवन मेरो बनाइ दिए पनि,
हिलो प्रीत नै असफल हुनु परे पछि
मायाँ–अनुरागी भई बिताईदिन्छु जीवन
नियतिले कुठाराघात गरिदिए पछि
पश्वी भै तिम्रै निम्ति सिध्याईदिन्छु जीवन
Get the Flash Player to see this player.
Read more »

जसले मलाई खेलौना ठाने, भकुण्डो बनाएर खेले

0 comments



Read more »

केही डिजाइन नमूना

0 comments
म खासै कम्प्युटरसम्बन्धी शिक्षा लिएको मान्छे त होइन, अलि बढी टेक्निकल क्षेत्रमा रुचि राख्ने गरेको छु । वालिङ बजारमा आदरणीय गुरु देव बोगटी ज्यूले सञ्चालन गर्नुभएको ITSA COMPUTER INSTITUTE मा वि.सं. २०५९/६० तिर होला आधारभूत लिएको थिएँ । त्यसपछि पोखरातिर पुनर्ताजगी तालिम गरेको थिएँ । बस् त्यति नै हो । बाँकी इन्टरनेट मेरो साथी बन्न आएदेखि उसैसँग सोध्दै सिक्दै गरेको छु । त्यसको परिणाम हुन् यी ब्लग र यी ग्राफिक्स । जसले सामाजिक संघ संस्थालाई पनि काम चलाउन सकेको थियो ।
Click on Image to View Full Screen



Read more »

फलामलाई अरुले भन्दा फलामैले दिने चोट असह्य हुन्छ

0 comments
कतारको पीडादायी भोगाईको तिक्त अनुभूति
विभिन्न बाध्यता र परिस्थितिका कारण मनमा अनेकन चाहना, आशा,आकांक्षा अनि सपनाहरु संगालेर हामी बहुसंख्यक नेपालीहरु यसरी बिदेशिएका छौं । केही वर्ष अगाडिको तुलनामा देशको विषम राजनीतिक अस्थिरता र बेरोजगारी समस्याका कारण बिदेशमा नेपाली युबाहरुको जमात दिनानुदिन बढ्दो छ । यसरी बिदेशमा नेपालीहरुको संख्या वृद्धि हुदा समग्र देशको राष्ट्रिय दृष्टिकोणबाट लाभ हानि जेसुकै भएपनि विदेशिनेहरुको लागि नेपालीपनको माहोल बन्नु पक्कै पनि खुशीको कुरा हुनसक्दछ । तर यही बृहद नेपालीहरुको जमातभित्र अल्पसंख्यक यस्ता भ्रस्ट, असामाजिक र छलकपटी नियतका व्यक्तिहरु पनि छन्, जो केही बर्षअगाडि विदेशिएको हिसाबले बिदेशीभुमिसंग घुलमिल भैसकेको नाउँमा पुरानोपन देखाएर नबआगन्तुक आफ्नै नेपाली दाजुभाईहरुलाई आवश्यक सरसल्लाह र जानकारी गराएर सहयोग गर्नुपर्ने ठाउँमा ठग्ने, दुर्ब्यबहार गर्ने , शारीरिक तथा मानसिक पीडा दिई तनाबग्रस्त बनाउने गर्दारहेछन । जसको यथार्थ शिकार भई कतारका प्राम्भिक दिनहरुमा ती तिक्त अनुभूति संगाल्नपुगेको थिएँ । 
 
बढ्दो व्यक्तिगत र घरायसी समस्याहरुका बीच निकट भविष्यमा आउनसक्ने सम्भावित परिस्थितिमाथि पूर्वसावधानी अपनाउदै २००९, जून, १० मा म कतार भित्रिएको थिएँ । जिन्दगीको प्रथम बैदेशिक आगमन  भएकैले होला, आफुलाई नितान्त एक्लो र नौलो महसुस गर्दथें । साथै भर्खरै घर छाडेर यति टाढा बिरानो मुलुकमा यसरी आफन्तबिहिन भएर बस्दा केही तनाबग्रस्त पनि थिएँ । म सोच्दथें । यसरी काम गर्दै जिउनुपर्दा कहिलेकाही नेपाली-नेपाली भेट हुदा पनि मनमा आत्मीयताले खुशी लाग्थ्योहोला । तर नेपालीपनको मेरो सोचाई विपरीतको माहोल बेग्लै पाएँ. नेपालदेखि नाताबाद, कृपाबाद र निकट पहुचताको असन्तोषजनक तिक्तताले वाक्क भएको म येह पनि त्यस्तै परिस्थितिको सामानमा शिकार बन्नुपरयो. चाकडीबाजको चपेटामा चोइटिएर सहनु कस्ट सहनुपरयो ।
 
सेक्युरिटी-गार्ड कामका लागि 'ग्रुप फोर कम्पनी' मा मोटो खर्च गरेर मा विदेशिएको थिएँ । अन्तरास्ट्रिय सुरक्षा-गार्डको परिपूर्ति गर्ने बहुरास्त्रिया कम्पनी भएकोले विभिन्न अन्य client हरुसंग  कामदार सम्झौता गरि हामी जस्ता आफुसंग उपलब्ध मानब संसाधनको परिचालन गर्ने गर्दथ्यो । हाम्रो कम्पनीले. त्यसै क्रममा हामी पनि अलि ठुलो संख्यामा सुरक्षागार्ड आवश्यक पर्ने Client  को कार्यक्षेत्रमा खटाईएका थियौं । जसमा त्यस्तै ११० जना जति सुरक्षागार्ड हामी थियौं भने हाम्रो सहि तरिकाले परिचालन, अनुगमन एबम कुशल कार्यसम्पादनका लागि हामी माथि हेडगार्ड र सुपरभाइजरहरु खटाईएका थिए । जसमध्य हामी विभिन्न देशबाट आएका थियौं । सोहि क्रममा हाम्रो करिब २० जनाको समुहलाई उचित परिचालन गर्न हेडगार्डको रुपमा एकजना र सुपरभाइजरको रुपमा दुइजना थिए । जसमध्ये उक्त हेडगार्ड नेपाली थियो । उसको बोली, व्यवहार, उसको आदेश दिने तरिका नियाल्दा लाग्थ्यो कि उ एउटा नेपाली मन्त्री सरहको उच्च पदमा पदस्थ छ । यधपि उसको जस्तोसुकै व्यवहार भएपनि आखिर उ हाम्रो परिचालक थियो, मान्नु नै पर्दथ्यो । काममा दिनहरु बित्दै जादा केही साथीहरु  उसंग घुलमिल हुदै गयो । कसैले चाकडी गरेको पनि पाइयो । तर नौलो अनि ग्रामिण क्षेत्रबाट आएको मान्छे म हेर्दा ज्यादै सोझो थिएँ. त्यही सोझोपनको फाइदा उठाउदै पदीय उच्चताको आडमा म निशाना बनाईएं । फलस्वरूप अपमानजनक अमानबीय असमान व्यवहार,जिम्मेवारविपरीत कार्यादेश लगायत थप शारीरिक तथा मानसिक पीडाहरुको बिचमा म खट्न बाध्य हुनुपरयो । सुरक्षाफौजमा १ बर्षे कार्यकाल व्यतित गरिसकेको मैले त्यस्तो जिम्मेवार सम्बेदनशील क्षेत्रमा पनि यस्तो खटन खानु परेको थिइन । समय बित्दै जादा पनि मप्रति गरिने ब्यबहारमा नियोजित आक्रमण दिइरह्यो । बाँधिएर राखेको पशुले त अति भएपछि सहन सक्दैन । म त झन् मानब थिएँ, सधै किन अत्याचार सहेर चुप लागिरहन्थें र? त्यसैले त्यसको बिरोध गर्दै बिरुद्धमा माथिल्लो तहमा उजुरी गर्ने कुरा गरें. मैले माथि रिपोर्ट पुरयाएपनि माथि पदासिन व्यक्तिहरु उसको पकडमा रहेको र मेरो केही नलाग्ने, बरु मलाई कम्पनीबाटै  निकाला गरेर नेपाल पुरयाउने कदम चाल्न आफुलाई सजिलो हुने उसको धम्कीपूर्ण कुराले म पुन एकपटक मर्माहत भएँ । साथै माथिल्लो तहको कामदार जे बोलेपनि तल्लो स्तरको आवाजले यथार्थको धरातल चित्रण गर्न विश्वसनीय स्थान नपाउने प्रचलित कार्यगत प्रक्रियाको अगाडि म निरुपाय भएँ र भर्खरै त्यत्रो रकम लगानी गरेर आएको मलाई नेपाल फिर्ता गर्ने कुराले उसको अगाडि सहनुको विकल्प रहेन । पछि महिना बित्यो, हाम्रा लागि सुपरभाइजर, हेडगार्ड परिबर्तन भएर नया आए. समस्या यत्तिकै समाप्त भएर गयो. बडो खुशीको उच्छ्वास फेरें । 
 
यसरी जिन्दगीमा एकाएक आफ्नो पदीय उच्चता र लामो समयको बिदेशी घुलमिलको अनुभवको आडमा नेपाली नेपालीको आत्मीय  नातालाई बिर्सेर परदेशी भूमिमा एक नेपालीले अर्को नेपालीको मर्म बुझेर गर्नुपर्ने दयाभाव र परस्पर सहयोगको ठाउँमा म जस्तो नौलो व्यक्तिलाई गरेको अमानबीय घृणित व्यवहार, शारीरिक पेलान एबम मानसिक यातनाले हृदयमा पुरयाएको आघात यो मुटुमा गाडिएर कहिलेइ ननिस्कने पीडादायी किला बनेर बसेको छ । यस्तै किसिमको नेपाली एकता नभएको कारणले नै बिदेशीहरुले नेपालीहरुलाई हेप्ने मौका फस्टाएको छ । त्यसकारण ड्युटीका प्रारम्भिक दिनहरुमै सोझोपनमाथि निर्दयी प्रहार गर्ने र अझै गर्ने तिर्सना संगालेर बिरालोले दुध कुरेझें मौका कुरिबसने 'रामचन्द्र' नामधारी राक्षसी स्वभावको रावणरुपी मानबनकाबधारी पशुलाई म विनम्रतापुर्बक के आग्रह गर्न चाहन्छु भने एउटा मानब भएर अर्को मानबलाई गरिने ब्यबहारको पाठ सिकेर मात्र आफ्नो मानवीय परिचय दिनुहोस. अन्यथा. मानब-समुदायमा बस्ने दानबको कुनै औचित्य र अस्तित्व रहनेछैन ।
 
आगामी दिनहरुमा एस्त रामचन्द्र र समान प्रबृत्ति भएका अन्य रामचन्द्रेहरुबाट मैले जस्तो नियति कसैले पनि पीडाबोध गर्नु नपरोस. हरेकले आ-आफ्नो ब्यबहारमा सकारात्मक सुधार गरौँ । नेपालीहरुबीच सहानुभूति र आपसी भाइचाराको सम्बन्ध स्थापित गरौँ. व्यक्ति जुटे समाज राष्ट्र नै जुट्दछ  । यतिबेला राष्ट्रमा बिस्तृत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाएर जनपक्षीय संबिधान निर्माण गर्ने असहज परिस्थिति देखा परिरहेको अबस्थामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु समग्रमा एकजुट हुनु आवश्यक छ ।
जय नेपाली एकता! 

Read more »

क्याबिन रेस्टुरेन्टमा एकदिन

0 comments
सुर्यदेवले विदा लिएपछि दिनलाई रात्रीकालिन कालो सन्नाटाले आक्रमण गरी आफ्नो वशमा लिदै समय सन्ध्याकालीन अबस्थामा प्रवेश गर्दैथियो. दिनको धुलोधुवाँ केही मत्थर भएको महशुस भएपनि मानिसहरुको भिडभाड र यातायातका साधनहरुको घाइघुइ भने यथावत नै थियो. चारैतिर बिजुली बत्ति बल्न थाल्यो  यसै समयमा काठमाडौँको रात्रीजीवन शुरु हुदोरहेछ अब पुरै शहर झिलिमिली बन्दै गयो केही पसलहरु त झन् रंगीबिरंगी ती बत्तीका झिप्झिप्ले नवबधुझैँ प्रतीत हुन्थ्यो तिनै ठाउंहरुबाट सुमधुर गीत-संगीतको कर्णप्रिय झन्कार  आइरहेको थियो मनमोहक संगीतमय वातावरणको बिचमा कतै झ्याम-झ्याम नेपाली लोकदोहोरी गीतहरु बजिरहेको थिए भने कही अन्य गीतहरु बजेको सुनिन्थ्यो  बसन्त ऋतुको आगमनसंगै पलाएको उष्ण-उष्ण चैत्र महिनाको एकदिनको कुरा हो यो


त्यतिबेला म पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा विविएस तहमा अध्ययनरत थिएँ  पोखराको बसाईं र क्याम्पसस्तरमा अध्ययनरत  भएपनि म अन्तर्मुखी स्वभाव र गाउँबाट आएको कारणले नै होला, निकै सोझो थिएँ र देखिन्थें पनि अर्कालाई होच्याएर बोल्न मन लाग्दैनथ्यो र समस्या परेको बेला पनि अरुलाई भन्न  चाहन्नथें वा भनौं सक्दिनथें यसै क्रममा एकदिन म व्यक्तिगत काम बिशेषले राजधानी काठमाडौँ गएको थिएँ. काठमाडौँको २ दिने बसाईंमा पनि समयमै काम नसकिएपछि सांझसम्म भएपनि काम सकेर राति नै फर्कने निश्चय गरें सोही अनुरुप काम भएपश्चात म गोगंबुमा मित्रनगरको बाटो हुदै बसपार्क तर्फ जादैथिएँ त्यही क्रममा उक्त दृश्यहरु देखेको थिएँ विभिन्न पत्र-पत्रिकाहरुमा उद्धृत गरिएका ती यथार्थ कथाहरु यदाकदा पढेतापनि कथाकै रुपमा ग्रहण गरिएका त्यस्ता घटनाहरुप्रति त्यतिबेला म अनविज्ञ नै थिएँ च्याउ उम्रेझैं राजधानी र देशका विभिन्न शहरी क्षेत्रहरुमा खुलेका त्यस्ता ती क्याबिन रेस्टुरेन्टहरुका अगाडि बहुशृंगारका सामग्रीहरुले पोतिएर त्यस्ता बत्तीहरुको चमकमा स्वर्गमा नाच्ने अप्सराझैँ सुन्दरी देखिने युबतीहरुको समूह त्यतिबेला ग्राहकहरु खोज्दै बोलाउदै गरेको देखिन्थ्यो आफ्नो जालमा परेका अन्जान तथा सिधासादा मानिसहरुलाई नांगेझार बनाएर पठाउन उद्यत ती नगरबधुहरुको चर्तिकला हेर्दै त्यही बाटो हिड्दै थिएँ सोही क्रममा ती युबतीहरुको जमातबाट  मलाई पनि बोलावट भयो-
 
"आउनुस न दाई एकछिन प्लीज !"
"आउनुस न दाई! प्लिज के!"   भन्दै एउटी त हात समाएर तान्न पो लागी  मैले केही भन्न सकिन

"आफै आउनुपर्ने ठाउंमा यति रिक्वेस्ट गर्दा पनि नआउने, तपाई त कस्तो छ्या !"  अर्कीले थपी म नर्भस भएँ  केही बोल्नै सकिन
"किन डराउनुभएको? डराउनुपर्दैन! आउनुस के दाई!"  भन्दै उसले मलाई एउटा टेबुलमा पुरयाई
काठका प्लाईउडहरु र पर्दा राखी रंग-रोगन गरी आकर्षक बनाइएको टेबुल भएको त्यो ठाउं लाग्थ्यो कि एउटा छुट्टै कोठा हो त्यसलाई 'क्याबिन' भनिदोरहेछ, त्यसैले क्याबिन रेस्टुरेन्ट भनिएको होला म यताउति नियाल्दै अनुमान लगाउनपुग्छु
"के हो दाई, तपाइको नाम? के खानुहुन्छ?"  उसले सोधी, परिचय गर्ने जसरी
"चिसो दिनुस न त!"  तिर्खा लागेजस्तो भएकोले मैले त्यतिखेर चिसो मागें
उ गई र दुइवटा क्यानमा त्यस्तै के चिसो पेयपद्धार्थ लिएर आई र म संग ढेप्पिएर बस्दै एउटा खोलेर पिउन पो थाली  मलाई कता-कता यो घटना रोमान्चक, कता-कता डर, कता-कता सपना हो कि जस्तो अनुभूति भइरहेकोथियो
"हामीलाई नि खुवाउनुस न दाई !"  भन्दै अन्य युबतीहरु पनि खै के के ल्याउदै  पिउन थाले
"यसरी पो ठग्दा रहेछन !" मैले मन-मनै भनें. र छिटो-छिटो पिएर निस्केर जाने सुर कसें
"अब म जान्छु! " त्यहाँ बसेर त्यो सब मलाई भिडाएर पैसा लुटिन्छ भन्ने सोचले मैले भनें
"एकछिन त बस्नोस न दाई !"  उसले अनुरोध गरी
"नाई, म जान्छु! "  म उठें
"पखनोस है त उसोभए! म बिल लिएर आउछु "  उ उठेर गई
"त्यो चारजना, त्यो अनि म. जम्मा छ ओटा............" तीसै लिएपनि दुइ सय त आउला " मैले मन-मनै हिसाब गरिरहेको थिएँ एकैछिनमा सानो बिल लिएर टेबुलमा राखीदिई  बिल देखेर म त झल्यास्सै भएँ  मेरो होस्-हवासै उड्यो
"एक्काइस सय !..!...!.........कसरी ????" म उठेर काउन्टरतिर गएँ. घर छोडेर अध्ययनका लागी बाहिर बसेको बिद्यार्थी म कसरी त्यत्रो पैसा त्यसै उडाएर तिर्न सक्छु भन्ने सोच्दै
आउदा भित्र पस्दा युवती भएको त्यस काउन्टरमा अहिले लामो-लामो कपाल राखेको, कानमा मुन्द्रा, हातमा खै के के लगाएको हेर्दै गुन्डागर्दी गर्ने मान्छे जस्तो देखिने युबक थियो
"कसरी यो बिल एक्काइस सय भयो र सर ? "  मैले डराई-डराई नम्र भएर सोधें
 उसले क्याल्कुलेटरमा ६*३५० गरेर २१०० देखायो बिल हेरें, त्यस्तै रहेछ
"जाबो चिसोलाई ३५०? यो त साह्रै महँगो भएन र, सर? " मैले गुनासो गरें
"यहाँ यस्तै हुन्छ, तपैले ६ वटा लिनुभयो, त्यसको तिर्ने पर्छ " उसले भन्यो
"यो त सरासर ठगी भयो त ! त्यत्रो रकम मसंग तिर्न सक्दिन " मैले भनें
"तैले नतिरे कसले तिर्छ त!" उ एक्कासि  तपाई बाट त मा झरयो
"तिर्न सक्दिन भन्न  लाज लाग्दैन? पैसा निकाल !" अघि 'आउनुस न' भन्ने युवतीले पनि  स्तर ओर्लेर थप्दै थिई
"मसंग त्यत्रो पैसा छदै छैन " मैले भनें.
"म अरु जान्दिन, मलाई एक्काइस सय  चाहिन्छ, खुरुक्क " युबक बोल्यो
"पैसा  छैन भन्न लाज लाग्दैन नामर्द? " अर्कीले बोली
"थुइक्क पैसा नभए किन यहाँ आइस त ?" अर्कीले थपी
"छ छ, यो संग पैसा छ,  पैसा  निकाल " अर्कीले पर्स छाम्न थाली
"पैसा नभए मोबाइल-सोबाइल त होला नि ?" त्येसले पनि छाम्न थाली
मैले उनीहरुको हात हटाउदै पर्स निकालेर हातमा लिएँ  अब नतिरी नहुने अन्तिम विकल्प देखेपछि डिस्काउंट गर्न भन्दै आफै एक हजार रुपैया निकालेर दिएँ
"खानेबेलामा आँखा देखिनस, त्यतिले हुन्छ ?" त्यो केटि अघि सरेर बोली
"यी यहाँ रहेछ मोबाइल! मोबाइल छोडेर जा !" खल्ती छाम्दै अर्कीले निकाल्न खोज्दै भनी
" यो मोबाइल त दिन सक्दिन म"  म बोलें, " मेरो काम लथालिङ्ग हुन्छ"
"तेरो काम हामीलाई के मतलब ?" अर्की युवती च्याठीई
"मलाई छोडिदिनुस प्लिज ! म कहाँ पुग्नुपर्ने मान्छे ...." भन्दै म निस्कन खोजें
"पैसा तिर, अनि मात्र जा " बाटो छेक्दै सबै बोल्न थाले
" म संग त्यत्रो पैसा छैन त के गरौँ ?" मैले बाध्यात्मक बोली बोलें
"खै मोबाइल देखा त हेरौं " केही समय चुपचाप त्यस युबक बोल्न थाल्यो
"सरि, यो मोबाइल म देखौना सक्दिन   "
"उसो भए जबसम्म पैसा पुरा हुदैन, तब सम्म चुप लागेर बस " युबक फेरि बोल्यो
"के भन्ने त? खै पर्स देखा त..........देखा! "  सबै करुणा थाले
"होला नि त्यो पर्स म अरु पैसा "
"खै ले पर्स " फेरि एउटी युवती खोस्न थाली
 
अन्तत तिनीहरुले भनेको सम्पूर्ण एक्काइस सय रुपैया नतिरी धरै पाइन  तिर्न बाध्य भएँ उनीहरुको त्यस किसिमको अभद्र दुर्ब्यबहार पनि सहन बिबस भएँ  र जान-अन्जान अनायासै त्यस ठाउमा गएकोमा ग्लानिले निन्याउरो मुख लाएर बसपार्कतर्फ छिरें  छिनभरमै त्यसदिन अनाहकमै म एउटा बिद्यार्थीको त्यत्रो रकम फजुल खर्च भएकोमा दुख लागिरहेको थियो
 
यो त भयो मैले भोगेको एउटा सानो उदाहरणमात्र. हाम्रा वरिपरी र आँखाअगाडि यस्ता घटनाहरु प्रशस्त भएका छन्, भैरहेका छन्  अस्ति भर्खर मात्र विदेशबाट आएको मेरै छिमेकी 'बुद्धिबहादुर थापा' को पनि तिनीहरुले बुद्धि  भुट्न सफल भएछन खाडीको चर्को घाममा श्रम-पसिना बगाएर दुख गरी कमाएर ल्याएको धन राजधानी छिर्ने बित्तिकै उनीहरुको फन्दामा परी उतै स्वाहा भएर रित्तो हात फर्कनुभयो  कयौ सर्बसाधारण यसरी ठगिन पुगेका छन्
 
खासगरी सिधा-साधा आमनेपाली जनतालाई लक्षित गरी खोलिएका यस्ता किसिमका 'क्याबिन रेस्टुरेन्ट' तथा बारहरुले अन्जानमा होस् वा मादकपद्धार्थको नसामा परेर कयौ व्यक्तिहरुलाई नांगेझार बनाई पठाउने गरेको यथार्थ हामी समू भैरहेछन्  अघोषित रुपमा  यौन ब्यबसायसमेत गोप्य रुपमा संचालन  गर्ने यस्ता 'क्याबिन रेस्टुरेन्ट' हरुले सर्बसाधारणलाई हाकाहाकी ठग्ने, समाजमा अनैतिक क्रियाकलाप फैलाएर बिकृति विसंगति निम्त्याउने  जस्ता गलत प्रवृत्तिहरु भैरहदा पनि सम्बन्धित निकायले कुनै किसिमको चासो नदिनु र सशक्त कारबाही गर्न नसकी ती नियमित क्रियाकलापहरु संचालन  भैरहनु एउटा आश्चर्य मात्र नभई देशमा ब्याप्त हत्या, हिंसा,ठगी, डकैती,अपहरण जस्ता अशान्तिपूर्ण आपराधिक गतिबिधिबिरुद्धको दण्डहीनतालाई प्रश्रय र प्रोत्शाहन दिनु पनि हो  बामदेव गौतम गृहमन्त्री छंदा यस्ता अनैतिक, अमर्यादित र उच्छ्रिंगखल प्रवृत्तिका क्रियाकलापहरु संचालन गर्ने ब्यबसायिक संस्थाहरुमा आचारसंहिता कडाई गरेपनि हाल सो क्रम रोकिएको छैन  त्यसकारण आमजनताको जनजीबनमा यस्ता थागीएबुम अनैतिक तथा आपराधिक कार्यहरुलाई निरुत्साहित गर्न छ्याप्छ्याप्ती खुलेका क्याबिन रेस्टुरेन्टहरुलाई संचालनमा रोक लगाइनुपर्दछ. कि त निश्चित स्पस्ट मापदण्डमा त्यसको बलियो परिधिमा रहेर संचालित हुनुपर्दछ  अन्येथा सभ्य, बिकृति र विसंगतिरहित मर्यादित समाजमा नैतिक खलल पुग्नुका साथै मानवीय दैनिक जीवनमा अनुचित कार्यले ठुलो असर पार्नसक्नेछ

 सर्वत्रापमानित ‘स्मृतिरोगी’
Read more »

कविताः यो कृत्रिम शहरमा

0 comments
Ram Laxman
सर्वत्रापमानित ‘स्मृतिरोगी’

हे हुतिहारा हो,
बाँच्ने हिम्मत गर्नुपर्छ,
बाँचे के के देखिन्छ यहाँ
देखे के के लेखिन्छ यहाँ
एक हुल कागको बथान भए पुग्छ
यथार्थ पनि छेकिन्छ यहाँ

यो सपना हराएको निरीह शहरमा,
निर्धा लाटाहरु छन्
लाटाहरुको शहरमा गाँडाहरुको राज हुदोरहेछ
फुल्न नसकेका कोपिलाहरु ओइलाएर झर्दारहेछन्
बजारिया प्लाष्टिकका फूलहरु कहिल्यै ओइलाउदैनन्
ती दिगो सुन्दर हुदारहेछन्
तिनकै सुन्दरताको बयान गरिदो रहेछ
सुगन्धित पनि छ भनेर अफवाह फैलाइदो रहेछ
यो कृत्रिम भ्रमपूर्ण शहर यसरी नै बाँचेको रहेछ

यहाँ खुट्टा नहुनेहरु
काँध चढेर सगरमाथा पुग्छन्
खुट्टा हुनेहरु निरीह बनेर
उसको सफलतामा
ताली पिट्न बाध्य हुन्छन्
आकाशबाट बर्षने पानीको सहारामा
साउने भेलका खोल्साहरु
बेस्सरी गर्जन्छन्,
“हामी कयौं गुना बलवान छौं,
शान्त सुसाईसँगै
आफ्नै मन्द गतिमा
अविरल बग्ने ती नदीहरुभन्दा,
त्यो सागरमा उत्पन्न हुने
ठूला–ठूला ज्वारभाटाहरुभन्दा ।”
मलाई खित्का छोडी हाँस्न मन लाग्छ
त्यो गर्जन सुन्दा,
त्यो ताण्डव नृत्य देख्दा ।

यहाँ गाउन नजान्नेहरु गायक बन्छन्
अभिनय गर्न जाने पुग्छ,
पैसाको विटो छरे हुन्छ,
सिद्धान्तविहीनहरु राजनेता बन्छन्
हतियार बोके पुग्छ,
यथास्थितिवादीहरु ‘क्रान्तिकारी’ भइटोपल्छन्
खोस्टो परिचय–पत्र देखाएर
आफूलाई महान सम्झन्छन्
मलाई जिज्ञासा जाग्छ
र सोध्न मन लाग्छ–
‘हतियारको आडमा बुर्जुवा क्रान्ति आखिर कहिलेसम्म टिक्न सक्छ ?

  • डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Get the Flash Player to see this player.
Read more »
 

© Copyright 2013 www.tips.smritiangraha.com Design by Smritirogi