कतारको पीडादायी भोगाईको तिक्त अनुभूति
विभिन्न बाध्यता र परिस्थितिका कारण मनमा अनेकन चाहना, आशा,आकांक्षा अनि सपनाहरु संगालेर हामी बहुसंख्यक नेपालीहरु यसरी बिदेशिएका छौं । केही वर्ष अगाडिको तुलनामा देशको विषम राजनीतिक अस्थिरता र बेरोजगारी समस्याका कारण बिदेशमा नेपाली युबाहरुको जमात दिनानुदिन बढ्दो छ । यसरी बिदेशमा नेपालीहरुको संख्या वृद्धि हुदा समग्र देशको राष्ट्रिय दृष्टिकोणबाट लाभ हानि जेसुकै भएपनि विदेशिनेहरुको लागि नेपालीपनको माहोल बन्नु पक्कै पनि खुशीको कुरा हुनसक्दछ । तर यही बृहद नेपालीहरुको जमातभित्र अल्पसंख्यक यस्ता भ्रस्ट, असामाजिक र छलकपटी नियतका व्यक्तिहरु पनि छन्, जो केही बर्षअगाडि विदेशिएको हिसाबले बिदेशीभुमिसंग घुलमिल भैसकेको नाउँमा पुरानोपन देखाएर नबआगन्तुक आफ्नै नेपाली दाजुभाईहरुलाई आवश्यक सरसल्लाह र जानकारी गराएर सहयोग गर्नुपर्ने ठाउँमा ठग्ने, दुर्ब्यबहार गर्ने , शारीरिक तथा मानसिक पीडा दिई तनाबग्रस्त बनाउने गर्दारहेछन । जसको यथार्थ शिकार भई कतारका प्राम्भिक दिनहरुमा ती तिक्त अनुभूति संगाल्नपुगेको थिएँ ।
बढ्दो व्यक्तिगत र घरायसी समस्याहरुका बीच निकट भविष्यमा आउनसक्ने सम्भावित परिस्थितिमाथि पूर्वसावधानी अपनाउदै २००९, जून, १० मा म कतार भित्रिएको थिएँ । जिन्दगीको प्रथम बैदेशिक आगमन भएकैले होला, आफुलाई नितान्त एक्लो र नौलो महसुस गर्दथें । साथै भर्खरै घर छाडेर यति टाढा बिरानो मुलुकमा यसरी आफन्तबिहिन भएर बस्दा केही तनाबग्रस्त पनि थिएँ । म सोच्दथें । यसरी काम गर्दै जिउनुपर्दा कहिलेकाही नेपाली-नेपाली भेट हुदा पनि मनमा आत्मीयताले खुशी लाग्थ्योहोला । तर नेपालीपनको मेरो सोचाई विपरीतको माहोल बेग्लै पाएँ. नेपालदेखि नाताबाद, कृपाबाद र निकट पहुचताको असन्तोषजनक तिक्तताले वाक्क भएको म येह पनि त्यस्तै परिस्थितिको सामानमा शिकार बन्नुपरयो. चाकडीबाजको चपेटामा चोइटिएर सहनु कस्ट सहनुपरयो ।
यसरी जिन्दगीमा एकाएक आफ्नो पदीय उच्चता र लामो समयको बिदेशी घुलमिलको अनुभवको आडमा नेपाली नेपालीको आत्मीय नातालाई बिर्सेर परदेशी भूमिमा एक नेपालीले अर्को नेपालीको मर्म बुझेर गर्नुपर्ने दयाभाव र परस्पर सहयोगको ठाउँमा म जस्तो नौलो व्यक्तिलाई गरेको अमानबीय घृणित व्यवहार, शारीरिक पेलान एबम मानसिक यातनाले हृदयमा पुरयाएको आघात यो मुटुमा गाडिएर कहिलेइ ननिस्कने पीडादायी किला बनेर बसेको छ । यस्तै किसिमको नेपाली एकता नभएको कारणले नै बिदेशीहरुले नेपालीहरुलाई हेप्ने मौका फस्टाएको छ । त्यसकारण ड्युटीका प्रारम्भिक दिनहरुमै सोझोपनमाथि निर्दयी प्रहार गर्ने र अझै गर्ने तिर्सना संगालेर बिरालोले दुध कुरेझें मौका कुरिबसने 'रामचन्द्र' नामधारी राक्षसी स्वभावको रावणरुपी मानबनकाबधारी पशुलाई म विनम्रतापुर्बक के आग्रह गर्न चाहन्छु भने एउटा मानब भएर अर्को मानबलाई गरिने ब्यबहारको पाठ सिकेर मात्र आफ्नो मानवीय परिचय दिनुहोस. अन्यथा. मानब-समुदायमा बस्ने दानबको कुनै औचित्य र अस्तित्व रहनेछैन ।
आगामी दिनहरुमा एस्त रामचन्द्र र समान प्रबृत्ति भएका अन्य रामचन्द्रेहरुबाट मैले जस्तो नियति कसैले पनि पीडाबोध गर्नु नपरोस. हरेकले आ-आफ्नो ब्यबहारमा सकारात्मक सुधार गरौँ । नेपालीहरुबीच सहानुभूति र आपसी भाइचाराको सम्बन्ध स्थापित गरौँ. व्यक्ति जुटे समाज राष्ट्र नै जुट्दछ । यतिबेला राष्ट्रमा बिस्तृत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाएर जनपक्षीय संबिधान निर्माण गर्ने असहज परिस्थिति देखा परिरहेको अबस्थामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु समग्रमा एकजुट हुनु आवश्यक छ ।
जय नेपाली एकता!

0 comments:
Post a Comment